काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको संयन्त्रले काम सुरु गरेको छ ।
सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपतिहरूका विषयमा प्रारम्भिक छलफल भएको हो।
असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन पार्टीका नेताहरूसँग छलफल गरेका थिए । सोही दिन तीन सदस्यीय संयन्त्र गठन भएको थियो।
तीन दलीय संयन्त्रमा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
छलफलका क्रममा केहि सकारात्मक संकेत देखिएको र थप छलफल गरिने कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।
Leave a Reply