Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • एनएमबी बैंकको एटीएम मेसिन फुटाउन खोज्ने रुपेश पक्राउ

    एनएमबी बैंकको एटीएम मेसिन फुटाउन खोज्ने रुपेश पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 225
    SHARES

    पोखरा । पोखरामा एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका-५ जिरो किलोमा रहेको एटीएम फुटाउन खोज्ने धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका २३ वर्षीय रुपेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।



    तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार