काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय चःमतिमा बिहान साढे आठ बजेबाट बैठक बसिरहेको हो ।
बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
यस्तै बैठकले समसामयिक राजनीतिबारे पनि छलफल गर्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ ।
तर रास्वपाले गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरिसकेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् ।
Leave a Reply