एजेन्सी । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।
मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो । प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।
भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।
घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्याइएको छ ।
Leave a Reply