Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्री रविलाई ज्ञानेन्द्रले भने – ‘स्टन्डबाजी’ होइन, भ्रष्टाचारका फाइल खोल्नुहोस्

    गृहमन्त्री रविलाई ज्ञानेन्द्रले भने – ‘स्टन्डबाजी’ होइन, भ्रष्टाचारका फाइल खोल्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक स्टन्डबाजी नगर्न आग्रह गरेका छन् ।

    उनले मंगलवार साँझ सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गरेका हुन् । उनले गृहमन्त्री रविलाई कामचलाउ सरकारको अवधि अझै एक महिना बाँकी रहेकाले त्यो समयमा भ्रष्टाचारका फाइल खोल्न चुनौती दिए ।



    गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस–एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए । सोहीको जवाफमा राप्रपा प्रवक्ता शाहीले यस्तो चुनौती दिए ।



    उनले भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वराष्ट्रपतिका छोरा दीपश पुनलाई गृहमन्त्री लामिछानेले चोख्याएर उन्मुक्ति दिएको आरोप पनि लगाएका छन् ।

    ‘तीन महिना १५ दिनसम्म नखुलेका फाइलहरू अब सरकार ढल्ने बेला खुल्न थालेका रहेछन्, फाइल खुल्ने भए अझै एक महिना यही सरकार हुन्छ । धमाधम खोल्नुहोस् र जेल हाल्नुहोस्, हाम्रो समर्थन छ’, उनले फेसबूकमा लेखेका छन्, ‘होइन भने सिर्फ राजनीतिक स्टन्डबाजी नगरौँ । भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै सुन प्रकरणमा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका पुत्रलाई चोख्याएर उन्मुक्ति दिएको बिर्सनु भो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार