सल्यान । सल्यानमा शिक्षकबाट बलात्कृत भएकी बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन् । बाग्चौर नगरपालिकाकी १४ वर्षीया बालिकालाई एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए ।
पीडक पक्षले बलात्कारको मुद्दा प्रभावित पार्न बालिकाको अपहरण गरेको पीडित परिवारले दावी गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन् ।
घटनापछि फरार रहेका केसीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बालिकाको खोजीसमेत जारी छ । शिक्षक केसीले विभिन्न प्रलोभन देखाइ बालिकामाथि पटकपटक बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
Leave a Reply