Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 336
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहाको खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका थिए ।



    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार