Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एउटै ट्यांकरबाट दुई सय ५२ लिटरसम्म तेल चोरी हुने गरेको खुलासा

    एउटै ट्यांकरबाट दुई सय ५२ लिटरसम्म तेल चोरी हुने गरेको खुलासा

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । एउटै ट्यांकरबाट दुई सय ५२ लिटरसम्म तेल चोरी हुने गरेको पाइएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।

    थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ ।



    ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।



    एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ ।

    डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् ।

    त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो ।
    हराएको मास्टर कीले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोमा डिजेल र पेट्रोल ओसार्ने दुई सयभन्दा बढी ट्यांकरको ताल्चा खोल्न मिल्छ । मास्टर की हराएपछि थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा चोरीको घटना बढेका छन् ।

    एक व्यवसायीका अनुसार ८ फागुनमा अमलेखगन्जबाट थानकोट डिपोमा २० हजार लिटर डिजेल बोकेर आएको एक ट्यांकरमा दुई सय ५२ लिटर तेल गायब भएको भेटिएको थियो । तापक्रमका कारण तेल घटबढ हुने भएकाले निगमले निश्चित परिमाण नोक्सानी हुने लक्ष्य राखेको छ । तोकिएको लक्ष्य काटेर पनि सो ट्यांकरमा दुई सय ५२ लिटर कम तेल भेटिएको हो ।

    त्यस्तै, २२ फागुनमा बरौनीबाट थानकोट डिपोका लागि डिजेल बोकेर आएको ना.४ख २५०२ नम्बरको ट्यांकरमा दुई सय ४७ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटिएको थियो । यी दुवै ट्यांकर एभरेस्ट फ्युल ढुवानी सेवाको नाममा दर्ता छन् । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो । बरौनीबाट डिजेल बोकेर २४ फागुनमा थानकोट डिपोमा आइपुगेको ना.४ख ३२५१ नम्बरको ट्यांकरमा पनि ९८ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटियो ।

    तोकिएको नोक्सानी दरभन्दा ५० लिटर कम तेल भेटिए बजार मूल्यअनुसार र ५० लिटरभन्दा बढी भए बजार मूल्यको दोब्बर जरिवाना तिराउने व्यवस्था छ । यसरी दोब्बर रकमका दरले जरिवाना तिर्न नमाने त्यस्ता ट्यांकरलाई अर्कोपटक तेल किन्न जाने अनुमति (पिडिओ) दिन नहुने निगमको विनियमावलीमा व्यवस्था छ । यही व्यवस्थाअनुसार ना.४ख ३२५१ नम्बरको ट्यांकरले दोब्बर जरिवाना तिर्न नमानेपछि थानकोट डिपोले पिडिओ रोक्का गरेको छ । यो ट्यांकर व्यवसायी रोशन रौनियारको नाममा छ । उनले ट्यांकर अर्का व्यवसायी मुन्ना यादवलाई बेचे पनि नामसारी भइसकेको छैन ।

    साना व्यवसायीको ट्यांकरलाई पिडिओ रोक्का गरेको थानकोट डिपोले ढुवानी व्यवसायी महासंघका महासचिव अर्यालको ट्यांकरलाई भने कारबाही गरेको छैन । ‘महासचिव अर्यालको दुवै ट्यांकरले जरिवाना नतिरी पिडिओ लिएर तेल ओसार्ने अनुमति पाइरहेका छन्, यो गलत भयो,’ स्रोतले भन्यो । कारबाही गर्नुपर्ने अर्यालको ट्यांकरलाई लेखा प्रमुख शिशिर सुवेदीले मिलेमतोमा पिडिओ जारी गर्दै आएका छन् । ढुवानी व्यवसायीले भाडाबापत पाउने रकमबाट ०.५ देखि एक प्रतिशत कमिसन लेखा प्रमुख सुवेदीकै माध्यमबाट डिपोमा बुझाउँदै आएका छन् ।नयाँ पत्रिका

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार