Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते, बस चालक फरार

    धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते, बस चालक फरार

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 336
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा पल्टेर दुर्घटना भएको हो ।



    राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।



    प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।

    उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार