Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकाबिहानै बालुवाटार पुगे केपी ओली

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकाबिहानै बालुवाटार पुगे केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सोमबार बिहान उनी बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल हुनेछ ।



    प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र रवि लामिछानेबीच पनि आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो ।



    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।

    ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ। यता कांग्रेस सभापति देउवाले पनि आज पार्टीको पदाधिकारी बैठक डाकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार