Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारु दिने बीसीसीआईको घोषणा

    भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारु दिने बीसीसीआईको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको भारतीय टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

    आइतबार सामाजिक सञ्जाल एक्समार्फत बोर्डका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई १२५ करोड भारुसहित सम्मान गर्ने घोषणा गरेका हुन् । शाह एसियन क्रिकेट काउन्सिलका अध्यक्षसमेत हुन् ।



    उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’



    शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार