Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

    सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।

    विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् ।



    उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

    उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार