Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

    भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 918
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो । शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो ।



    पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।



    प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो ।

    छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार