Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटमा मिसिए गृहमन्त्री लामिछाने

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटमा मिसिए गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 441
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जारी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि मिसिएका हुन्।



    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भएको थियो।



    उनीहरूबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने पनि पुगेका हुन्।

    उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार