Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • साविक विजेता इटालीलाई हराउँदै स्विट्जरल्यान्ड युरोकपको क्वार्टरफाइनलमा

    साविक विजेता इटालीलाई हराउँदै स्विट्जरल्यान्ड युरोकपको क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 621
    SHARES

    एजेन्सी । साविक विजेता इटाली जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।

    शनिवार राति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो । स्विट्जरल्यान्डको जितमा रेमो फ्रेउलेर र रुबेन भार्गासले गोल गरे ।



    यससँगै स्विट्जरल्यान्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।



    गत संस्करणको युरोकपमा पनि स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार