Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • धनगढीबाट सई गजेन्द्रको टोलीले समात्यो झण्डै ११ लाखको अवैध सामान !

    धनगढीबाट सई गजेन्द्रको टोलीले समात्यो झण्डै ११ लाखको अवैध सामान !

    हरि र सरस्वती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 1.1K
    SHARES

    कैलाली । कैलालीमा झण्डै ११ लाख मूल्यको अवैध सामानसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले १० लाख ७२ हजार मूल्यको अवैध सामानसहित सरस्वती विक र हरि बुढालाई पक्राउ गरेको हो ।



    कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरिले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीमा अवैध सामान फेला परेको थियो । सो गाडीमा सवार धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक सवार थिइन् ।



    भारतबाट ल्याएको अवैध सामान, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरेर १० लाख ७२ हजार मूल्यको मालसामान नियन्त्रणमा लिएर त्रिनगर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीले धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट अवैध सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार