Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

    फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.6K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैँ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ ।

    भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० पुगेको छ ।



    सोमबार छापावाला सुनको मूल्य रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेर एक हजार ३९५ पुगेको छ । शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला रु ९७ हजार २०० र सोमबार रु ९७ हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार