एजेन्सी । लद्दाखको दौलत बेग ओल्डी क्षेत्रमा सेनाको ट्याङ्क दुर्घटना हुँदा ५ भारतीय सेनाको मृत्यु भएको छ ।
पाँचै जनाको शव घटनास्थलबाट निकाली आवश्यक परीक्षणका लागि पठाइएको छ ।
परीक्षणपछि शवलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् ।
सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो ।
घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाहीहरू थिए ।
Leave a Reply