Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ

    लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 900
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो । भण्डारी ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सीइओ हुन् ।



    सीईओ भण्डारीलाई प्रहरीले शुक्रबार राती नै नियन्त्रणमा लिएको थियो । सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट असार ५ गते दोस्रो पटक पक्राउ पुर्जी जारी भएको थियो ।



    बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    नेपाली कांग्रेस निकट सहकारी तथा वित्त विभागको सचिव समेत रहेका भण्डारी गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि समेत हुन् ।

    सहकारीको रकम हिनामिनाको विषयमा १ सय ९९ बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए ।

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    सहकारीका सञ्चालकहरूले जनताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार