Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गुल्मी पहिरो अपडेट : एकै घरका पाँच जनाको मृत्यु

    गुल्मी पहिरो अपडेट : एकै घरका पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 648
    SHARES

    गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

    गएराति मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको हो ।



    बिहान प्रहरीले उनीहरूको शव निकालेको छ ।

    पहिरोमा परेर बेपत्ता पाँच जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार