Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘सभापति हटाउने निर्णय विधानविपरीत’, देउवासँग वारपारकाे लडाइँ

    ‘सभापति हटाउने निर्णय विधानविपरीत’, देउवासँग वारपारकाे लडाइँ

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाउने निर्णय विधानविपरीत भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको संस्थापनइतर पक्षको बैठकले निर्णय सच्याउन महामन्त्री शशांक कोइरालामार्फत आग्रह गर्ने निर्णय गरेको छ ।

    बैठकले सभापतिको निर्णयलाई महाधिवेशन प्रभावित पार्ने योजनाका रूपमा व्याख्या गरेको छ । केन्द्रदेखि तल्ला तहका अधिवेशनको मिति तोकिइसकेको अवस्थामा कार्यवाहक सभापति हटाउने निर्णय विधानविपरीत रहेको बैठकको ठहर छ ।



    देउवाले फागुन २२ मा पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिका रूपमा मनोनयन गरेका थिए । पोखरेललाई हटाएर नयाँ सभापति तोक्दा देउवाले विधानको दफा १२ को उपदफा ५ को (क) र दफा २७ को उपदफा ५ मा टेकेका छन् । त्यसमा पार्टी सभापति बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था र पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशनअनुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउन सक्ने व्यवस्था छ । संस्थापनइतर पक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेले पोखरेललाई यतिबेला हटाउन विधानको कुनै पनि प्रावधानले नमिल्ने बताए ।



    विधानमा सभापति रिक्त रहेमा उपसभापतिले कार्यवाहक चलाउन सक्ने र ६ महिनाभित्र अधिवेशनबाट पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । पोखरेलले ०७४ कात्तिक १५ देखि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका हुन् । ‘६ महिनाभित्र किन अधिवेशन गरिएन ? अहिले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह सबैको अधिवेशनको तालिका आइसकेपछि हटाउन कसरी मिल्छ ?’ उनले भने, ‘यो अवैधानिक कदमलाई सच्याउन महामन्त्री कोइरालाले सभापतिलाई भेटेर पहिला मौखिक रूपमा आग्रह गर्नु हुनेछ, सभापतिले नमानेमा लिखितपत्र दिने तयारी छ ।’

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जिल्ला सभापति बन्नका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था विधानमा रहेको बताएका छन् । ‘विधानको व्यवस्था अधिवेशनमा सभापति उम्मेदवार बन्नका लागि गरिएको व्यवस्था हो, कार्यवाहकका लागि होइन,’ उनले भने, ‘विधानविपरीतको बाटो हिँडेर संगठनलाई आफ्नो प्रभाव क्षेत्र बनाउने प्रयास हुँदै छ ।’ कार्यवाहक सभापति पोखरेल महामन्त्री कोइरालानिकट हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार