Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

    राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।

    ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।



    विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।



    मन्त्रालयले चितवनबाट औपचारिक रूपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी हुनेछन् ।

    कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार