Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • मुकुल ढकाललाई रवि लामिछानेको स्पष्टीकरण

    मुकुल ढकाललाई रवि लामिछानेको स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

    पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको हो ।



    बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए ।



    इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए ।

    उनले ३९ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए । सोही यात्राको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेपछि रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार