Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झापामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, एक जना पक्राउ

    झापामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 474
    SHARES

    फाइल तस्विर

    झापा । झापाको भद्रपुरमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएएको छ।

    भद्रपुर नगरपालिका-२ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरी हत्या भएको हो ।



    हत्या गर्ने भद्रपुर नगरपालिका-२ डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    राजेशले तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

    वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए। सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार