एजेन्सी । कोपा अमेरिकामा आयोजक अमेरिका पानमासँग पराजित भएको छ । आज बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २-१ ले पराजित भएको हो ।
पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सिमित बन्यो ।
त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो । तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो ।
खेलको ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए । हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ ।
Leave a Reply