काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी भएका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित बुधबारदेखि सुरु भएको सो सम्मेलनमा उनी सहभागी भएका हुन् ।
सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गृहसचिव एकनारायण अर्याल, आईजीपी कुँवर लगायतको टोली यहि असार १० गते न्यूयोर्क प्रस्थान गरेको थियो ।
बुधबारदेखि सुरु भएको सो सम्मेलन बिहीबार सकिएको हो । सम्मेलन सकिएपछि विभिन्न देशका प्रतिनिधिहरुसँग गृहसचिव अर्याल, आईजीपी कुँवरले सामुहिक फोटो खिचाएका थिए ।
Leave a Reply