Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रास्वपा सांसद खनालले भने – महामन्त्री ढकालको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौँ

    रास्वपा सांसद खनालले भने – महामन्त्री ढकालको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौँ

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले महामन्त्री डा.मुकुल ढकालले बुझाएको समीक्षा प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरिने बताएका छन्।

    संघीय संसद भवन परिसरमा बोल्दै सांसद खनालले महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका हुन्।



    उनले पार्टी कमजोर भयो कि भन्ने आवाज उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए।



    सांसद खनालले भने,‘हामी कमजोर भयौँ कि भन्ने आवाज पार्टीभित्रै पनि उठेको छ। महामन्त्रीले जुन प्रतिवेदन सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर उहाँलाई खटाएको थियो।’

    महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउन नै यात्रामा पठाइएको र प्राप्त प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरेर निष्कर्ष निकालिने खनालले बताए।

    अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने सांसद खनालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार