Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने राई पक्राउ

    भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने राई पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 435
    SHARES

    काठमाडौं । भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ परेकी छन्।

    प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो ।



    सुन्दरीले जाहेरवालालाई चीनमा पुर्‍याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको छ ।



    जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्यूरोले जनाएको छ ।

    सुन्दरीले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन्।

    चिनियाँ केटासँग भेट गराएर गत फागुन १० गते भिजिट भिसामा चीनमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको छ।

    पीडितलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते उद्धार गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार