Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • बीआरआईको समझदारी पत्र संसदमा पेश गर्न कांग्रेस सांसद बजगाईंको माग

    बीआरआईको समझदारी पत्र संसदमा पेश गर्न कांग्रेस सांसद बजगाईंको माग

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 414
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को समझदारी पत्र संसदमा पेश गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बजगाईंले नेपाल र चीन सरकारबीच भएको समझदारी एमओयू संसदमा पेश गर्नु माग गरेका हुन् ।



    सांसद बजगाईंले भने,‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो, त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छु।’



    अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा वादविवाद र छलफल भएजस्तै बीआरआईको डकुमेन्टमाथि पनि छलफल हुनुपर्ने सांसद बजगाईंको भनाइ छ ।

    उनले एमसीसी र बीआरआई प्रतिस्पर्धी नभएको यिनीहरुमा फरक रहेको बताए ।

    चीनसँग ऋण लिनै हुँदैन भन्ने आफूहरुको भनाइ नरहेको भन्दै सांसद बजगाईंले तर नेपालले चर्को ऋण बोक्न नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार