Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले घनश्यामलाई सघाउने

    एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले घनश्यामलाई सघाउने

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 558
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् ।

    खनाल निवास डल्लुमा भएको छलफलमा खनाल र भुसालबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।



    यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए ।



    यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

    अब आगामी १६ असारदेखि सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् ।

    महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्। सम्मानित नेता खनाल पछि हटेसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ।

    चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार