काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली सार्वजनिक गर्ने भएको छ ।
नतिजा सार्वजनिक गर्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।
गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो ।
जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
Leave a Reply