Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतबाटै पक्राउ

    दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतबाटै पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 453
    SHARES

    एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ गरेको छ ।

    न्यायाधीशले मुख्यमन्त्री केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको हो ।



    अदालतले सीबीआईलाई केजरीवालको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ ।



    अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई आज नै न्यायाधीश अमिताभ रावतको इजलाशमा उपस्थित गराइएको थियो ।

    सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनिता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित रहेका थिए ।

    हिजो केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए।

    केजरीवाललाई प्रवर्तन निर्देशनालयले यस वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोग पक्राउ गरेको थियो ।

    दिल्ली उच्च अदालतले मङ्गलबार मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार