Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भारतको लोकसभा सभामुखमा फेरि बिरला निर्वाचित

    भारतको लोकसभा सभामुखमा फेरि बिरला निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 372
    SHARES

    एजेन्सी । भारतको १८ औँ लोकसभाको सभामुखमा ओम बिरला पुनः निर्वाचित भएका छन्।

    बिरला लगातार दोस्रो पटक लोकसभा सभामुख चुनिएका हुन् ।



    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।



    इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

    सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट बिरला सभामुख चुनिएका हुन् ।

    कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार