Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 510
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

    आजको दैनिक कार्य सूचीमा रहेको क्रमसङ्ख्या छ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराएका हुन् ।



    क्रमसङ्ख्या छ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथी छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार