Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • रवि नेतृत्वको प्रहरी प्रशासन : ठेगाना नखुलेको भन्दै एमाले निकट ‘डन’लाई उन्मुक्ति !

    रवि नेतृत्वको प्रहरी प्रशासन : ठेगाना नखुलेको भन्दै एमाले निकट ‘डन’लाई उन्मुक्ति !

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । गुन्डागर्दीसम्बधि एक अपराधमा प्रहरीले एमाले निकट व्यक्तिलाई उन्मुक्ति दिएको छ ।

    एक करोड रुपैयाँ भन्दा धेरैको चेक च्यातेको आरोप लागेका युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठलाई काठमाडौं प्रहरीले तीन पुस्ते नखुलेको भन्दै जोगाएको हो ।



    आपराधिक लाभ मुद्दामा पक्राउ परेका अन्य व्यक्तिको उनको नाम समेत रहेको बताएपनि उनको बारेमा विस्तृत खुल्न नसकेको भन्दै काठमाडौं प्रहरीले उन्मुक्ति दिएको हो । श्रेष्ठ विगतमा पनि गुन्डागर्दीमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् ।



    गोठाटारमा घर निर्माणको क्रममा निर्माण सामाग्री तथा मदजुरको ज्यालावापतको रकम नदिएको विषयमा श्रेष्ठले चेक च्यात्ने तथा धम्काउने गरेका थिए । जून विषयमा प्रहरीले भिमबहादुर सुनार, विकास श्रेष्ठ र विनोद सुनारलाई पक्राउ गरेको थियो ।

    पक्राउ गर्ने क्रममा पुष्प श्रेष्ठ र प्रकाश लामिछानेको समेत संलग्नता र मोबाइल नम्बर समेत खुलेको अवस्थामा अनुसन्धानमा प्रहरीले सेटिङ गरेर उनीहरुलाई जोगाएको हो ।

    सुनारले गोठाटारमा सात तले कमर्सियल भवन बनाएका थिए । त्यस भवनमा लाग्ने निर्माण सामाग्री अर्जुन बहादुर कार्की र मदजुरको जिम्मा पासाङ तामाङले लिएका थिए ।

    निर्माण सामाग्री र मजदुरका लागि दिएको चेक बाउन्स भएपछि उनीहरुले सुनारसँग पैसा मागेका थिए । उनीहरुले एक करोड ३२ लाख ८५ हजार रुपैयाँ भुक्तानी दिनुपर्ने थियो । पैसा माग्दा आफुहरुलाई गुन्डा लगाएर धम्काउन थालिएको पीडितको भनाई छ ।

    त्यसविरुद्ध उनीहरुले काँडाघारी प्रहरी प्रभागमा उजुरी दिएका थिए । गत २ बैशाखमा उनीहरुलाई पैसा लिन प्रभागमा बोलाएर दुवैलाई धम्काई गुन्डा लगाएर चेक च्यातिदिएका थिए ।

    जून घटनामा एमालेका युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठ लगायत व्यक्ति संलग्न थिए । प्रहरीमा पेश भएको अडियोमा समेत श्रेष्ठले धम्काएको र प्रहरीलाई नै मारिदिन्छु भन्नेसम्मका विवरण छन् ।

    तर, प्रहरीले तीन जनालाई मात्र पक्राउ गरी अपराधिक लाभ मुद्दा चलाएको थियो । प्रहरीको अभियोगपत्रमा भने पुष्प श्रेष्ठको पनि संलग्नता देखिएको उल्लेख छ ।

    तर, तिनपुस्ते विवरण नखुलेको भन्दै पछि मुद्दा चलाउने गरी उन्मुक्ति दिइएको छ । स्रोतका अनुसार यो मुद्दा मिलाउन श्रेष्ठले एमालेकै नेताहरुमार्फत प्रहरीमा सेटिङ मिलाएका थिए ।

    अर्कोतर्फ सरकारी वकिल कार्यालयले यस प्रकरणमा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाउन निर्देशन दिएको थियो । त्यसमा अनुसन्धान गरेपनि पुष्टि हुन नसकेको भनेर जोगाइएको छ ।

    जबकी प्रतिवादी सुनारसँग करोडौंको सम्पत्ति देखिन्छ भने त्यसको आधारमा कर तिरेका छैनन् । साथै विगतमा पनि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन् ।

    त्यस्तै उनको घर निर्माणको ठेक्का लिने अरुण कन्ट्रक्सनका अरुण कुमार गौतमको पनि यो घटनामा संलग्नता देखिन्छ । तर, उनीमाथि प्रहरीले सोधपुछ समेत नगर्नु अर्को आश्चर्य छ । जबकी सरकारी वकिलले लिखित रुपमै उनीमाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका इन्सपेक्टर सुरेश भट्टले यो घटनाको अनुसन्धान गरेका हुन् । मुद्दा शाखामा बस्दै आएका भट्टको यसको अनुसन्धानमा शंकास्पद देखिएको छ ।

    यसले रवि लामिछानेको नेतृत्वमा प्रहरी प्रशासन कसरी चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । मन्त्री लामिछानेले नै दुई महिनाअघि काठमाडौं प्रहरीमा एसएसपी बसन्त रजौरेलाई पठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार