Online Nepal
  • आइतबार, २० असोज २०८१
  • राजदूत नियुक्तिको प्रक्रिया मेरिटका आधारमा अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

    राजदूत नियुक्तिको प्रक्रिया मेरिटका आधारमा अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 393
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटका आधारमा राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका छन्।

    प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    उनले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सिफारिस सच्याइने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले यसपाली राजदूतहरू सिफारिस गर्दा पनि आफूले मेरिटकै आधारमा नाम मागेको बताए।



    विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार