Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बंगलादेशलाई हराउँदै अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा

    बंगलादेशलाई हराउँदै अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 636
    SHARES

    काठमाडौं । अफगानिस्तान आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।



    अफगानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।



    ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

    बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए ।

    अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए ।

    यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

    अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

    बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

    सुपर-८ को समूह १ बाट इन्डिया र अफगानिस्तान तथा समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमीफाइनलमा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार