काठमाडौं । काठमाडौंको बानियाँटारबाट प्रहरीले लागूऔषध खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुले लागूऔषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरू विरुद्ध लागूऔषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply