Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विकिलिक्सका संस्थापक असान्ज ५ वर्षपछि बेलायती जेलबाट रिहा

    विकिलिक्सका संस्थापक असान्ज ५ वर्षपछि बेलायती जेलबाट रिहा

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 306
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट छुटेका छन् ।

    एक वर्ष लामो कानुनी लडाइपछि अमेरिकी प्रशासनसँग सम्झौता भएर जुलियन जेलबाट रिहा भएका हुन् ।



    अदालतको पत्र अनुसार जुलियन आफ्नै देश अष्ट्रेलिया फर्किने छन् । अमेरिकासँग गरेको सम्झौताको जानकारी भने अहिलेसम्म बाहिर नआएको बताइएको छ ।



    ५२ वर्षीय जुलियनलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार