Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • काममा ढिलासुस्ती गर्ने १९ निर्माण कम्पनीलाई सरकारले राख्यो कालो सूचीमा

    काममा ढिलासुस्ती गर्ने १९ निर्माण कम्पनीलाई सरकारले राख्यो कालो सूचीमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 510
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    आज सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।



    ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।



    कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार