Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

    प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 342
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ ।



    त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।



    परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार