Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विश्वकप क्रिकेट

    अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

    अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत समूह ुएु को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो ।

    गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो ।



    उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यस्तै कुल्दिप यादवले दुई, जसप्रित बुम्राहा र अक्षर पटेलले समान एक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो ।

    भारतका लागि कप्तान रोहित शर्माले ९२ र सूर्यकुमार यादवले ३१ रन बनाए । अस्ट्रेलियका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई तथा जोश हेजलउडले एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार