Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कुप्रथा अन्त्यका लागि समिति बनाएरै काम गर्छौं : गृहमन्त्री लामिछाने

    कुप्रथा अन्त्यका लागि समिति बनाएरै काम गर्छौं : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 480
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि समिति बनाएर काम गर्ने बताएका छन् ।

    महिला जनप्रतिनिधि र अभियन्ताहरूसँगको भेटमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताए ।



    गृहमन्त्री लामिछानेले एउटा घटनामा केन्द्रित भएरभन्दा पनि यस्ता खाले घटनाहरू हुन नदिनका लागि काम गरिने बताए ।

    त्यसका लागि समिति बनाएर सोही समितिको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक कानुन बनाउने गृहमन्त्री लामिछानेले बताए ।

    छलफलमा सहभागी जनप्रतिनिधि तथा अभियन्ताहरूले छाउगोठ भत्काएर मात्रै कुप्रथा अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार