Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भरतपुर महानगरपालिकाले साढे ६ अर्ब बढीको बजेट

    भरतपुर महानगरपालिकाले साढे ६ अर्ब बढीको बजेट

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 279
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    महानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा चालु आर्थिक वर्षभन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी बजेट पेस गरिएको हो।



    कूल बजेटको ६५ प्रतिशत पुँजीगत खर्चका लागि ४ अर्ब २७ करोड रहेको भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखाले जनाएको छ। कूल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ।



    अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार, जनसहभागितारश्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।

    बजेटमा सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको छ। भरतपुर महानगरपालिकाले कृषिलाई प्राथमिकता दिएको छ।

    महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहनको नितिलाएको छ। भरतपुरले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    सोमबार भएको १५औं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्न कार्यक्रम ल्याएको बताईन् ।

    वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने महानगरप्रमुख दाहालले बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार