Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बजेट निर्माणमा कर्मचारीहरुले गडबड गरेको मधेशका मुख्यमन्त्री सिंहको दाबी

    बजेट निर्माणमा कर्मचारीहरुले गडबड गरेको मधेशका मुख्यमन्त्री सिंहको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 354
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीहरुले गडबड गरेको दाबी गरेका छन् ।

    समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।



    मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले गरेको गडबड बारे छानबिन गर्ने बताए ।



    मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु । नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं ।’

    ६ दलको गठबन्धनमा २५ जेठमा मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकारले असार १ गते अगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको थियो ।

    बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर उजागर गर्ने मुख्यमन्त्री सिंहको भनाइ छ । मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे ।

    उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार