Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलमा

    वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 375
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।



    १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।



    १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

    पुन: खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो । दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए ।

    ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

    वेष्टइण्डिजका रोश्टन चेशले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

    त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

    रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे । स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

    केशव महाराज, एडेन माक्ररम र मार्को यानसनले १–१ विकेट लिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार