Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट : वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

    विश्वकप क्रिकेट : वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 696
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ को खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।

    सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो।



    उसका लागि रोस्टन चेसले ५२ रन बनाए। यस्तै, कायल मेयर्सले ३५ र आन्द्रे रसेलले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।



    दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीेले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै, कासिगो रबाडा, कप्तान एडन मार्कम, एनरिक नोर्टजे र केशव महाराजले एक–एक विकेट लिए।

    सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिका र वेस्ट इण्डिज आजको खेल जित्नैपर्ने दबाबमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार