Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आफैँ फस्ने डरले गृहमन्त्री जीबी राईलाई पक्राउ गर्न अग्रसर देखिएनन् : प्रकाशशरण महत

    आफैँ फस्ने डरले गृहमन्त्री जीबी राईलाई पक्राउ गर्न अग्रसर देखिएनन् : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 462
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको टिप्पणी गरेका छन् ।

    आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सो टिप्पणी गरेका हुन् । गृहमन्त्री कुरा बढी, काम उल्टो गर्ने बाटोमा हिँडेको उनले बताए ।



    ‘जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने’ धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको उनको भनाई छ । उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री अग्रसर नदेखिएको आरोप लगाए ।



    उनलाई पक्राउ गरी अनुसन्धान भए गृहमन्त्री लामिछाने आफैँ फस्न सक्ने डर रहेको डा. महत बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार