Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पूर्वडीएसपी शर्मालाई तीन दिन थुनामा राख्न अदालतको आदेश

    पूर्वडीएसपी शर्मालाई तीन दिन थुनामा राख्न अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा (कृष्णप्रसाद शर्मा) र झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

    पूर्वडीएसपी शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय खत्रीलाई अदालतले आइतबार तीन दिन थुनामा राख्न आदेश दिएको हो ।



    उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । पूर्वडीएसपी शर्माले मोबाइल वालेट कम्पनीद्वय पेवेल नेपाल र सजिलोपेको मुद्दा मिलाउने भन्दै पैसा लिएको खुलेको थियो ।



    ६० किलो सुन तस्करीको भुक्तानीमा जोडिएका पेवेल र सजिलोपेका सञ्चालकलाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु पक्राउ पर्नुअघि नै थाहा पाएर पूर्वडीएसपी शर्माले सेटिङ मिलाइदिने आश्वासन दिएका थिए ।

    पूर्वडीएसपी शर्मा प्रहरीमा रहँदा पनि भ्रष्ट छवी भएका अधिकृत हुन् । उनले प्रहरीमा रहँदा करोडौं सम्पत्ति जोडेको बताइन्छ । अवकाशपछि पनि उनले यस्तै धन्दा गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार