Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • वैदेशिक रोजगारमा माल्टा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

    वैदेशिक रोजगारमा माल्टा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 411
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिने भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बबरमहलबाट पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा कञ्चनपुरको बेरौली नगरपालिका-१० घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३२ वर्षीय केशव राज जोशी रहेका छन्।



    बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाउने भनी रकम लिएर विदेश नपठाई उनी सम्पर्क विहीन भएका थिए।

    माल्टा लैजाने भनी पीडितहरूलाई वर्किङ भिसा देखाई विश्वास दिलाएकोमा पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिसा भनी पीडितहरूलाई जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको थियो।

    थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार